Rule 57
श्रेणी विहिन पदको स्तरवृद्धि सम्बन्धी व्यवस्था
: (१) सशस्त्र प्रहरी बलको श्रेणी विहिन पदमा देहाय बमोजिमको स्तर रहनेछ :–
(क) प्रथमस्तर
(ख) द्वितीयस्तर
(ग) तृतीयस्तर
(घ) चतुर्थस्तर
(ङ) पाँचौ स्तर
(२) श्रेणी विहीन पदमा सुरु नियुक्ती हुने सशस्त्र प्रहरी कर्मचारीको प्रथम स्तर कायम  हुनेछ ।
(३) श्रेणी विहीन कर्मचारीको अख्तियारवालाले देहाय बमोजिम स्तरवृद्धि गर्नेछ :–
(क) पाँच वर्ष वा सो भन्दा बढी तर दश वर्ष भन्दा कम सेवा अवधि भएकोलाई द्वितीयस्तर,
(ख) दश वर्ष वा सो भन्दा बढी तर पन्ध्र वर्ष भन्दा कम सेवा अवधि भएकोलाई तृतीयस्तर,
(ग) पन्ध्र वर्ष वा सो भन्दा बढी तर बीस वर्ष भन्दा कम सेवा अवधि भएकोलाई चतुर्थस्तर ।
(घ) बीस वर्ष वा सोभन्दा बढी सेवा अवधि भएकोलाई पाँचौस्तर ।
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवधिभर श्रेणी विहिन सशस्त्र प्रहरी कर्मचारीको स्तरवृद्धि हुने छैन :–
(क) तलबवृद्धि रोक्का भएकोमा रोक्का भएको अवधिभर,
(ख) नसिहत पाएकोमा सोको मितिले एक वर्ष सम्म,
(ग) तलबवृद्धि घटुवा भएकोमा घटुवा भएको मितिले एकवर्ष सम्म,
(घ) खाइपाइ आएको सुरु स्केलमा घटुवा भएकोमा सो भएको मितिले एक वर्ष सम्म ।
(५) उपदफा (१) को स्तर बमोजिमको तलबमान नेपाल सरकारले तोके बमोजिम हुनेछ ।